गायीका बसन्ती लामाकाे नयाँ गीत `खतरा’ (भिडियोसहित)

३२ जेष्ठ २०८१

काठमाडौं। गायीका बसन्ती लामाकाे नयाँ डान्सिङ गीत `खतरा’ सार्वजनिक भएको छ । गीतमा गायका तथा शब्दकार रमेश विक्रम रत्नले साथ दिएका छन् ।

काजिस श्रेष्ठले निर्देशन गरेको गीतलाई छायांकन बुद्ध थापा र सम्पादन अमृत चापागाईंले गरेका छन् । भिडियोमा एलिना रायमाझी, दिपेन थापा, रमेश बिक्रम रत्न, जय शम्भु र बिनोद थापाको अभिनय देख्न सकिन्छ । उक्त भिडियोमा सहायक निर्देशकको रूपमा प्रशान्त मगरको भूमिका रहेको छ ।

म्यूजिक भिडियो दिपेन थापा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । सेलो र नेपाली सुगम संगीतको दुनियाँमा रमाउँदै आएकी लामाले यस पटक भने भिन्न शैलीको गीत प्रस्तुत गरेकी हुन्। त्रिटल स्टुडियोमा रेकर्ड गरेको गीतको शब्द संगीत पनि रमेश विक्रम रत्नकै रहेको छ । सुन्दर लामाले मिक्सिङ गरेको गीतमा लक्ष्यु प्रकाश मल्लको एरेन्ज रहेको छ । गायिका लामाले संगीत साधना गर्दागर्दै दर्जनौ गीत गाइसकेकी छिन् ।