भारतका प्रधानमन्त्री मोदीले लिए तेस्रो कार्यकालका लागि शपथ

२७ जेष्ठ २०८१

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मु समक्ष तेस्रो कार्यकालका लागि पद तथा गोपनियताको शपथ लिएका हुन् ।

राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीसहित गठबन्धन सरकारका ७२ जना मन्त्रीलाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन् । शपथ लिएकामध्ये ३० जना क्याबिनेट मन्त्री, ५ जना स्वतन्त्र प्रभार र ३६ राज्यमन्त्री रहेका छन् ।

विभागहरू पछि घोषणा गरिनेछ । प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन धेरै देशका सरकार प्रमुखहरु पनि भारत भारत आएका छन् । राष्ट्रपति मुर्मुको सरकारी निवासमा आयोजित समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी छन् ।