टी२० विश्वकप २०२४ अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल ६ विकेटले पराजित

२३ जेष्ठ २०८१

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा नेपाल पराजित भएको छ । मंगलबार राति भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको हो ।

जितको लागि १ सय ७ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ९ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेदरल्यान्ड्सको लागि म्याक्स ओ’डोवडले सर्वाधिक ५४ रन बनाउँदा विक्रमजित सिंहले २२, स्य्ब्रान्ड एन्गलब्रेच्टले १४ र बास डेलिडले ११ रन बनाए ।

नेपालको लागि सोमपाल कामी, दीपेन्द्र सिंह एरी र अविनाश बोहोराले समान एक/एक गोल गरे ।

यसअघि डाल्लसस्थित ग्राण्ड प्रेरि स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १ सय ६ रन जोडेको थियो । नेपालले लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् । उनले ३७ बलमा ५ चौका प्रहार गरे । यस्तै करण केसीले १७, गुलसन् झाले १४ र अनिल शाहले ११ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेदरल्यान्ड्सको लागि टिम प्रिन्गल र लोगान भान बिकले तीन/तीन तथा पाउल भान मेकेरेन र बास डे लिडले समान दुई/दुई विकेट लिए ।