फौजदारी मुद्दामा डोनल्ड ट्रम्प दोषी ठहर, ११ जुलाईमा सजाय सुनाइने

बीबीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएका छन् ।
भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो । उनी विरूद्ध ११ जुलाईमा सजाय सुनाइनेछ ।
ट्रम्पलाई जेल सजाय पनि हुन सक्छ तर कानुनविद्हरूले उनलाई सजाय हुने सम्भावना बढी रहेको बताएका छन् । ट्रम्पले यो आदेशलाई ‘कलङ्क’ भन्दै उक्त मुद्दा हेर्ने निकायको अध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन् । राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर व्हाइट हाउसमा फर्कन ट्रम्पले अभियान चलाइरहँदा यो आदेश आएको हो ।
अदालतले २२ जना प्रत्यक्षदर्शीसँग ६ हप्ता बयान लिएको थियो। बयान दिनेमा ट्रम्पले यौन सम्बन्ध राखेको भनिएकी र सन् २०१६ को चुनावअघि ‘चुप बस्न’ रकम दिइएको भनिएको पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन् ।
ट्रम्पका एकजना उच्च तहका अधिवक्ताले फक्स न्यूजलाई बताए अनुसार पूर्वराष्ट्रपतिको कानूनी टीमले पुनरावेदनका लागि सबै उपायमाथि छलफल गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्: