सुनकाे मुल्य प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँ कायम

१७ जेष्ठ २०८१

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा बिहीबार सुनको तोलामा  दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ ।

बुधबार प्रतितोला  एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन बिहीबार एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा  एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो  एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा ७० रुपैयाँले वृद्धि भएको छ । बुधबार  एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज  एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।