गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

६ जेष्ठ २०८१

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ महानगरपालिका विजेता भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर १० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा शनिबार चन्द्रागिरी नगरपालिकाको टीमसँग भएको फाइनल खेलमा २–१ अन्तरले महानगरपालिका विजेता भएको हो । यससँगै महानगरपालिकाले नगद ५ लाख रुपैयाँसँगै ट्रफी प्राप्त गरेको छ । यस्तै खेलाडीहरुलाई पदक र मेडल प्रदान गरिएको छ ।

खेलमा काठमाडौँ महानगरपालिकाका प्रशिक्षक सन्तोष न्यौपानेले उत्कृष्ठ प्रशिक्षक, किपर सुदीप गिरीले उत्कृष्ट किपर र एरिक विष्टले उत्कृष्ठ खेलाडी उपाधि प्राप्त गरे । आजको खेलको म्यान अफ द म्याच महानगरका खेलाडी अखिलेश कार्कीले प्राप्त गरेका छन् ।