सुनकाे मुल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुग्यो

३ जेष्ठ २०८१

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा  १ हजार ६०० रुपैयाँ बढेर  १ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको हो।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै चाँदीको मूल्य पनि बिहीबार तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७४५ रुपैयाँ कारोबार भएको थियो ।