आईपिएल क्रीकेटमा लखनउमाथि कोलकाताको शानदार जीत
२४ बैशाख २०८१

२४ बैशाख, स्वच्छखबर, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित हात पारेको छ ।
गएरातिको खेलमा लखनउलाई ९८ रनले हराउँदै कोलकाता अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
कोलकाताले प्रस्तुत गरेको २३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा लखनउ १६.१ ओभरमा १३७ रनमा अलआउट भयो।
जितपछि कोलकाताले ११ खेलबाट १६ अंक हात पारेको छ । ऊ नेट रनरेटको आधारमा राजस्थान रोयल्सलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको हो। लखनउ १२ अंकसहित पाँचौँ स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्: