टी–२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ नेपालसँग पराजित

२२ बैशाख, स्वच्छखबर, काठमाडौं । टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको हो ।
यससँगै ५ खेलको सिरिज नेपालले ३–२ ले गुमाएको छ । बिहीबार भएको खेलमा नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ को उपाधि पक्का भएको थियो । वेस्ट इन्डिज ‘ए’ ले दिएको १७६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धशतकीय पारी खेले ।
अनिलले ४५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५८ रनको योगदान गरे। आसिफले भने ३५ बलमा २ चौका र ५ छक्का प्रहार गरे। दीपन्द्रे सिंह ऐरी ५ ।
कुशल भूर्तेल भने १३ रनमा आउट भए । कुशल मल्ल र रनमा अविजित रहे । वेस्ट इन्डिज ‘ए’ का लागि ओबेद म्याककोइले ३ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्: