इकोसिस्टमको विकास भएपछि उद्योगका लागि माग पूरा हुन्छ

१७ बैशाख , स्वच्छखबर, काठमाडौं । विश्व आर्थिक मञ्चले जारी गरेको एक प्रतिवेदनले विश्वव्यापी कृषि प्रणालीलाई आकार दिने र खाद्य सुरक्षामा योगदान पुर्याउने उदीयमान प्राविधिक समाधान र रणनीतिलाई प्रकाश गरेको छ ।
‘एग्रिटेकः सेपिङ एग्रिकल्चर इन इमर्जिङ इकोनमिज, टुडे एन्ड टमुरो’ नामक प्रतिवेदनले कृषि क्षेत्रमा चौथो औद्योगिक क्रान्ति प्रविधिको एकीकरणमा अन्तरदृष्टि प्रदान गरेको छ । प्रतिवेदनमा प्रविधि परिवर्तन समावेशी होस् भन्ने उद्देश्यले ठूलो मात्रामा समाधान गर्न र सुनिश्चित गर्नसमेत आह्वान गरिएको छ ।
“एग्रिटेकलाई मापन गर्न उदीयमान अर्थतन्त्रहरूले एग्रिटेक इकोसिस्टमका लागि सबै सरोकारद्वारा साझा गरिएको आम दृष्टिकोण बनाउन आवश्यक छ”, मञ्चको नेटवर्क तथा साझेदारी प्रमुख सेबास्टियन बकअपले भने, “इकोसिस्टमको विकास भएपछि उद्योगका लागि माग र आपूर्ति पक्षमा रहेको खाडललाई सम्बोधन गर्न महत्त्वपूर्ण हुन्छ, जस्तो कि किसानहरूका लागि एकाइ अर्थशास्त्र वा भौतिक तथा डिजिटल च्यानलहरूको मिश्रणमार्फत विश्वास सिर्जना गरिन्छ ।”
संवर्धित वास्तविकता, मौसम पूर्वानुमानका लागि कृत्रिम बौद्धिकता (एआई), ट्रेसेबिलिटी, स्मार्ट लजिस्टिक समाधान र इन्टरनेट अफ थिङ्स आशाजनक समाधानहरू भएको प्रतिवेदनमा उल्लेख छ । यिनीहरूले सूचना अन्तर कम गर्न र किसानहरूलाई चुनौतीहरू व्यवस्थापन गर्न अझ राम्रोसँग लैजान सक्ने प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्: