आर्सनलमाथि सानदार जित निकाल्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश
२३ पुष २०८०

२३ पुष, स्वच्छखबर, काठमाडौँ । आर्सनलमाथि २–० गोल अन्तरको सानदार जित निकाल्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
तेस्रो चरणको खेल अन्तर्गत आइतबार रातिउ भएको खेलमा लिभरपुल २–० गोलले विजयी बनेको हो ।
खेलको सुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठुलो मूल्य चुकाउनु पर्यो । पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार पोस्टमा लागेको थियो भने रिस नेल्सनले काई हाभर्टजले पनि गोलको अवसर गुमाएका थिए ।
खेलको ८० औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर आर्नोल्डको फ्रिकिकलाई जाकुब किविओरले आफ्नै पोस्टको जाली चुमाएपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो । इन्जुरी समयमा डिओगो जोटाको पासमा लुइस डियाजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।
प्रतिक्रिया दिनुहोस्: