पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न अदालतको आदेश

२८ मंसिर २०८०

२८ मंसीर स्वच्छखबर,

। उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको हो ।

यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो ।