टिकटकमाथि रोक लगाउने निर्णयविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
५ मंसिर २०८०
![](https://www.swachhakhabar.com/wp-content/uploads/2023/08/Supreme-Court-of-Nepal-760x500-1.webp)
५ मंसिर स्वच्छखबर, काठमाडौं । सर्वोच्च अदालतले टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मंगलबार न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र कारण देखाउ आदेश मात्र जारी गरेको हो ।
टिकटकमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दश वटा रिट दायर भएका थिए । कात्तिक २७ गते सरकारले नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: