भूमिहीन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि ३५ दिनभित्र निवेदन दिन राष्ट्रिय भूमि आयोगको आग्रह
२९ भाद्र २०८०
२९ भाद्र, स्वच्छखबर, काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ ।
आयोगले यसका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ । आयोगले ३५ दिनभित्र स्थानीय तहबाट तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न भनेको छ ।
प्रतिक्रिया दिनुहोस्: