बेलिन्घामको निर्णायक गोलमा ला लिगामा म्याड्रिड विजयी

१७ भाद्र, स्वच्छखबर, काठमाडौं । युवा मिडफिल्डर जुडे बेलिन्घामले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदा रियल म्याड्रिडले स्पेनिस लिग ला लिगामा पुनरागमन जीत निकालेको छ । शनिबार राति भएको खेलमा गेटाफेलाई २-१ गोलले हराउँदै म्याड्रिडले लिगमा लगातार चौथो जीत निकालेको हो ।
घरेलु मैदान इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन बेलिन्घाम र जोसेलुले समान एक-एक गोल गरे । गेटाफेको लागि बोर्जा मायोरलले एक गोल गरे । खेलको ११ औं मिनेटमा मायोरलले गोल गर्दै गेटाफेलाई शुरुवाती अग्रता दिलाएका थिए ।
४७ औं मिनेटमा जोसेलुले गोल गर्दै म्याड्रिडलाई १-१ गोलको बराबरीमा ल्याए । यस्तै दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा बेलिन्घामले गोल गर्दै म्याड्रिडलाई २-१ गोलको पुनरागमन जीत दिलाएका हुन् । जारी सिजन उनले शुरुवाती चार खेलमा पाँच गोल गरिसकेका छन् ।
जीतसँगै म्याड्रिड ४ खेलबाट १२ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ४ अंक जोडेको गेटाफे १४ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: