गायक परियारको ‘जमाना छ मोबाइलको’ सार्वजनिक
१६ भाद्र २०८०

१६ भाद्र, स्वच्छखबर, काठमाडौँ । गायक मिलन परियारको स्वरमा रहेको कवाली शैलीको गीत ‘जमाना छ मोबाइलको’ सार्वजनिक भएको छ।
प्रेम रामदामको शब्द, संगीतमा रहेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्। तीव्र गतिमा प्रविधिको विकास भएसँगै मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् ।
सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर विकृति बढाएको छ । विभिन्न घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ ।
यहि कथावस्तुमा आधारित रहेर यस गीतको भिडियो निर्माण गरिएको हो। भिडियोमा सुजनराज सिवाकोटी,पृथ्वी बोहरा, रेगन प्रसाई, गीता बस्नेत, विक्रम धिमाल र अल्बिना मगरको अभिनय रहेको छ।
गोपाल नेपालीले छायाँकन गरेको भिडियोलाई तिलक रिजालले सम्पादन गरेका हुन्। पेमा लामाको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।
प्रतिक्रिया दिनुहोस्: