रेल दुर्घटनामा मत्यु हुनेको सङ्ख्या ३० पुग्यो, १०० भन्दा बढी घाइते

२२ श्रावण, स्वच्छखबर, पाकिस्तान । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार एक यात्रुवाहक रेल दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा ३० पुगेको पाकिस्तानी प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार आइतबार रेलका कम्तीमा १० वटा डिब्बा लिकबाट खस्दा भएको उक्त दुर्घटनामा कम्तीमा १०० भन्दा बढी घाइते भएका छन् ।
सिन्धप्रान्तका मुख्यमन्त्री सैयद मुराद अली शाहले नौवटा डिब्बालाई खाली गरिएको र बाँकी डिब्बाका यात्रुको उद्धार कार्य जारी रहेको जानकारी दिनुभयो ।
उहाँले गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह शहर कराँची पु¥याइएको बताउनुभयो ।
कराँचीबाट देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्ततर्फ जाँदै गरेको रेल नहरको पुल पार गर्ने क्रममा १६ देखि १७ वटा डिब्बा रहेको हजारा एक्सप्रेस रेल लिकबाट तल खसेको थियो ।
रेलमन्त्री ख्वाजा साद रफिकले अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको र रेलमा ‘आक्रमण’ पछि दुर्घटना भएको हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्: