एमालेको अवरोधका कारण राष्ट्रियसभाको बैठक बुधबारसम्म स्थगित
२२ श्रावण २०८०
२२ श्रावण, स्वच्छखबर, काठमाडौँ । एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको नेकपा एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठकमा अवरोध गरेको छ ।
बैठकको सुरुवातमै एमाले सांसदहरु आफ्नो सिटबाट उठेर विरोध गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बसेर बैठकको कारबाही अघि बढाउन आग्रह गरे ।
शीर्ष नेताहरुको बैठक समेत बसिरहेको जानकारी दिँदै उनले बैठक अघि बढाउन आग्रह गरेपनि एमाले सांसदहरु उठिरहेपछि राष्ट्रिय सभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ । सुन प्रकरणमा प्रहरीले छानबिन गरिरहेको छ । तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्: