इंग्लिस प्रिमियर लिगमा युनाइटेडको शानदार पुनरागमन जीत

१० भाद्र, स्वच्छखबर, काठमाडौं । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शानदार पुनरागमन जीत निकालेको छ । शनिबार बेलुकी भएको खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडले नोट्टिन्हाम फरेस्टलाई ३-२ गोलले हराएको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन क्रिस्टेन इरिक्सन, केसेमिरो र ब्रुनो फर्नान्डेजले समान एक-एक गोल गरे । नोट्टिन्हामको लागि टाइवो एवोनयी र विली बोलीले समान एक-एक गोल गरे । खेलको शुरुवाती चौथो मिनेटमै नोट्टिन्हामले गोल गर्दै खेलमा पकड जमाएको थियो । तर दुई गोलको अग्रता जोगाउन नसक्दा नोट्टिन्हाम पराजीत हुन बाध्य भयो ।
खेलको दोस्रो मिनेटमा ह्वाइटको पासको एवोनयीले गोल गर्दै नोट्टिन्हामलाई शुरुवाती अग्रता दिलाएका थिए । चौथी मिनेटमा बोलीले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । १७ औं मिनेटमा रासफोर्डको पासमा इरिक्सनले गोल गर्दै युनाइटेडलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । ५२ औं मिनेटमा ब्रुनोको पासमा केसेमिरोले गोल गर्दै युनाइटेडलाई २-२ गोलको बराबरीमा ल्याए ।
६७ औं मिनेटमा जोए वोरेल रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नोट्टिन्हाम १० खेलाडीमा समेटिएको थियो । यस्तै ७६ औं मिनेटमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई खेलमा ३-२ गोलले अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेड ३-२ गोलले विजयी भएको हो ।
जीतसँगै युनाइटेड ३ खेलबाट ६ अंक जोड्दै लिगको पाचौं स्थानमा रहेको छ । समान खेलबाट ३ अंक जोडेको नोट्टिन्हाम १४ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: