गायिका पुजन काफ्लेको तीज गीत ‘ए आमा गाउँदै नाच्ने हो’

४ भाद्र, स्वच्छखबर, काठमाडौँ । यो मौसम तीज पर्वको हो अनि रेडियो–टीभीबाट बज्ने र सामाजिक सञ्जालहरूमा राखिने नयाँ–पुराना गीतहरूले यसलाई झनै तीजमय बनाइरहेका छन् ।
हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजका गीतहरूमा जुनसुकै समुदायका नारीहरू नाचगान गरिरहेका, रमाइरहेका देखिन्छन् । यसै सन्दर्भलाई समेटेर गायिका पुजन काफ्लेले तीज गीत तयार गरेकी छिन ।
‘ए आमा गाउँदै नाच्ने हो’ बोलको तीज गीत गायिका काफ्लेकै शब्द समेत रहेको छ भने संगीत आरसी रिमालले दिएका छन् ।गीतको निर्मित भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामांग, एन्जल काफ्ले, तारा लामा, उषा काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन् ।
शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडियोमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टी थापा मगरको मेकअप एण्ड हेयर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: