डेभिड र भावनाको गीतमा राजेश हमाल फरर
२७ श्रावण २०८०

२७ श्रावण, स्वच्छखबर, काठमाडौँ । गायक डेभिड शंकर र गायिका भावना आचार्यको स्वरमा तीज गीत ‘आफ्नै घर आँगनमा नाच फरर’ सार्वजनिक भएको छ । गीतको शब्द एवं संगीत गायिका भावनाकै रहेको छ ।
भिडियोमा अभिनेता राजेश हमालले मोडल मन्जु थापासँग कम्मर मर्काएका छन् । भिडियोलाई देवेन्द्र पाण्डेले कोरियोग्राफी एवं निर्देशन गरेका छन् । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्: