इन्टर मायमी लिग्स कपको सेमिफाइनलमा
२७ श्रावण २०८०

२७ श्रावण, स्वच्छखबर, काठमाडौँ । इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको क्वाटरफाइनलको खेलमा चार्लोटी एफसीलाई ४-० गोलले हराउँदै मियामी सेमिफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा मियामीलाई जीत दिलाउन जोसेफ मार्टिनज, रोबर्ट टेलर र लियोनल मेस्सीले समान एक-एक गोल गरे । १२ मिनेटमा मार्टिनेजले पेनाल्टीमा गोल गर्दै मियामीलाई शुरुवाती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा टेलरले गोल गर्दै मियामीको अग्रता दोब्बर बनाए ।
७८ औं मिनेटमा एडिल्सन मालान्डाले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि मियामी सहज जीततर्फ अगाडि बढेको थियो । यस्तै ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै मियामीलाई ४-० गोलको जीत दिलाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्: