भैरहवाबाट काठमाडौं आउँदै गरेको बसबाट ३५ लाख नक्कली नोट बरामद
२६ श्रावण २०८०
२६ श्रावण, स्वच्छखबर, काठमाडौं। प्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको बसमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो । यसको अनुसन्धानमा थप ७ जना पक्राउ परेका छन् ।
यसअघि बिहीबार प्रहरीले भक्तपुरबाट पनि १५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गर्नुका साथै ९ जनालार्ई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि बरामद गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्: