प्रधानमन्त्री प्रचण्ड र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभलबीच भेटवार्ता
१७ जेष्ठ २०८०

१७ जेठ, स्वच्छखबर,काठमाडौं। चार दिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका छन् । ्
बुधबार दिल्लीस्थित होटल आईटीसी मौर्यामा प्रचण्ड र डोभलबीच भेटवार्ता भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भेटमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रासमेत सहभागी रहेका छन् ।
बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारको तर्फबाट विदेश राज्यमन्त्री मिनाक्षी लेखीले विमानस्थलमा स्वागत गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्: