विश्वासको मतबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
२३ पुष २०७९
![](https://www.swachhakhabar.com/wp-content/uploads/2023/01/download.png)
२३ पुस, स्वच्छखबर,काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ ।
विश्वासको मतका विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेस सांसदले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गतेको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिंदैछन् । त्यसअघि मत दिने वा नदिने भन्ने विषयमा कांग्रेसले छलफल गर्न लागेको हो ।
कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले शुक्रबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: