हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
३० आश्विन २०७९
३० असोज, स्वच्छखबर,काठमाडौं । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवार भनेर प्रचार गरेको भन्दै हाम्रो नेपाली पार्टीका उम्मेदवारहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
काठमाडौं ५ का मधुसुदन पाठक सहितका उम्मेदवारहरुलई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको हो । तर यो दलबाट उम्मेदवारी दिएका उनीहरुले आफूहरुलाई स्वतन्त्र उम्मेदवारका रुपमा प्रचार गरेका छन् ।
जसले भ्रम र्सिजना गरेको भन्दै आयोगले १ लाख रुपैयाँसम्म जरिवाना किन नगर्ने भनेर २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
प्रतिक्रिया दिनुहोस्: