सप्तकोशीले कटान गरेको भू-भाग ‘संकटग्रस्त क्षेत्र’ घोषणा
१६ भाद्र २०७९
१६ भदौ,स्वच्छखबर,काठमाडौं । सरकारले सप्तकोशीमा आएको बाढीले कटान गरेको भू-भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सप्तकोशी नदीमा आएको बाढीबाट भौतिक क्षति भएको भू(भागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । मन्त्रालयका अनुसार उदयरपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ लाई यस्तो क्षेत्र घोषणा गरिएको छ ।
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर ६, ७ र ९ तथा कञ्चनरुप नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र १० लाई समेत संकटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्रालयले जनाएको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, ७ र ९ लाई समेत यस्तो क्षेत्र भित्र समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्: