बालेनले भेटे प्रधानसेनापतिलाई
१६ जेष्ठ २०७९

१६ जेठ,स्वचछखबर,काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन् ।
सपथ लिएर पदभार ग्रहण गरेलगत्तै बालेन शर्मालाई भेट्न सैनिक मुख्यालयमा पुगेका थिए ।
भेटमा बालेनले विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षामा सेनाले गरेको योगदानको प्रशंसा गरेका छन् ।
प्रधानसेनापति शर्माले भने मेयर बालेनलाई कार्यकालको सफलताको कामना गरेका छन् ।
सम्बाददाताः मोतीलाल भारती
प्रतिक्रिया दिनुहोस्: